समाज

कर्णालीवासीले भदौ ४ सधैंभरि सम्झिने दिन हो : मुख्यमन्त्री कँडेल

कर्णालीवासीले भदौ ४ सधैंभरि सम्झिने दिन हो : मुख्यमन्त्री कँडेल

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीवासीले सधैँभरि सम्झिने दिनको रुपमा भदौ ४ गतेलाई लिएको बताएका छन् । 

आज (मंगलबार) सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा कर्णाली प्रदेश स्थापना दिवसको अवसर पारेर आयोजना गरेको वृहत सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले शहर स्वस्थ राख्न सके वातावरण स्वस्थ हुने र त्यसले मानवजीवनलाई स्वस्थ राख्ने बताएका हुन् । 

मुख्यमन्त्री कँडेलले सरसफाइ महत्वपूर्ण भएको बताउँदै यसका लागि आवश्यक जनचेतना जगाउने काममा सबैको सहभागिता हुनुपर्नेमा जोड दिए । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवस भदौ ४ गते भएपनि मंगलबार, बुधबार र बिहीबार विविध कार्यक्रम गरि उत्सवका रुपमा मनाउन लागेको बताएको छ । 

सरसफाइ कार्यक्रममा सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, उद्योग वाणिज्य सघं सुर्खेतको अध्यक्षमा हर्ष विक्रम खड्का लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *