मुख्य समाचार

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा कहाँ बजेट लगेको छ, देखाइदिनूस्

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा कहाँ बजेट लगेको छ, देखाइदिनूस्

काठमाडौं । खानेपानीमन्त्री एवं जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मन्त्रीको क्षेत्रमा मात्रै धेरै बजेट विनियोजन गरेको कुरा सत्य नरहेको बताएका छन् । 

ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उनले मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट विनियोजन गर्‍यो भन्ने आरोप प्रमाािण्त गरेर देखाउन चुनौति दिएका हुन् । 

उनले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले यसबारेमा विभिन्न भ्रम फिँजाएको भन्दै अहिलेको बजेट ऐतिहासिक रहेको बताए । अध्यक्ष यादव सधैँ आफूमात्रै मन्त्री बन्न खोजिरहने व्यक्ति भएको बताए । 

मन्त्री यादवले अध्यक्ष यादवले अहिलेको सरकारले ल्याएको बजेट, सिंचाई, कृषि, व्यवसायी, युवा, उद्यमीहरु सबैलाई समेटेर ल्याएको बताए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *