समाज

माथिल्लो तामाकोशीको जलाशय सफा गरिँदै, सतर्कता अपनाउन आग्रह

माथिल्लो तामाकोशीको जलाशय सफा गरिँदै, सतर्कता अपनाउन आग्रह

काठमाडौं । दोलखा जिल्लामा रहेको अपर तामाकोशी जलाशय शनिबार (आज) सफाई गर्न लागिएका कारण तामाकोशी र सुनकोशी लगायत रामेछाप र सिन्धुलीको नदीका तल्लो तटीय क्षेत्रमा हाई एलर्ट गराईएको छ । 

तामाकोशी र सुनकोशी लगायत रामेछाप र सिन्धुलीका नदी किनारमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, कपडा धुने, गाडी तार्ने र बालुवा–गिट्टी निकाल्ने जस्ता गतिविधि नगर्न÷नगराउन रामेछाप र सिन्धुलीका स्थानीय प्रशासनले आग्रह गरेको हो । 

जिल्ला प्रशासन कार्यालय रामेछाप र सिन्धुलीले विज्ञप्ती नै जारी गरेर असावश्यक सतर्कता अपनाउन र नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा अन्य कुनै धार्मिक संस्कार गर्नुपरेमा अत्यन्त सावधानीका साथ गर्न पनि अनुरोध गरेको छ । 

श्रावण ३१ गतको समयमा नदीको बहाव र जलस्तरमा आउने परिवर्तनको सही अनुमान गर्न कठिन हुने अनुमान गरिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *