समाज

सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैनः झलनाथ खनाल

सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैनः झलनाथ खनाल

काठमाडौं ।पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताएका छन् । 

शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले आजको अन्तरबिरोधलाई चिरेर सही ढंगले निक्र्यौल गर्न जरुरी रहेको बताए । कुनैपनि देशमा सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनेसम्म क्रान्ति गर्न सम्भव नरहेको खनालको भनाई छ । आजका अवस्थामा आफूहरुको निशाना को हो ? कसका बिरुद्ध समाजवादी क्रान्ति गर्छौं नेपालमा ?

भन्नेकुरालाई स्पष्ट पारेर समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्ने पनि खनालले बताए  । त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकतावद्ध बनाउनुपर्ने आवश्यकता रहेको खनालको भनाई छ । साना—साना राजनीतिक दलहरु खोलेर सानो—सानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको भन्दै यसलाई तोड्नुपर्ने खनालले बताए । 

पूर्वप्रधानमन्त्री खनालले मदन भण्डारीका योगदानको समीक्षा गर्न आँट गर्नुपर्ने भन्दै दक्षिणपन्थी अवसरवादी चिन्तनहरुलाई परास्त गर्दै  क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा  देशको समाजवादी क्रान्तिको रुपान्तरण अघि बढाउनुपर्ने उल्लेख गरे ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *