काठमाडौ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदको रोष्ट्रममा सरकारलाई रोक्ने विपक्षी दलको गतिविधि स्वीकार्य नहुने बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले प्रश्न उठीसकेपछि नेपाल सरकारका तर्फबाट गृहमन्त्रीले जवाफ दिन्छु भन्दा रोष्ट्रममा जानबाट रोक्ने कार्य कदापी स्वीकार्य नहुने बताएका हुन् । उनले गृहमन्त्री बोल्न तयार भएकाले बोलिसकेपछि विपक्षीलाई चित्त नबुझेका कुरा राख्ने छुट रहेको स्पष्ट पारे । तर गृहमन्त्रीलाई बोल्नै नदिनु असंसदीय र गैरराजनीतिक भएको उनको टिप्पणी थियो ।
प्रमुख सचेतक बर्तौलाले जनसरोकारका विषयहरु उठिसकेपछि संसदमा जवाफ दिनु स्वाभाविक प्रक्रिया भएको बताउँदै अवरोध वा नाकाबन्दी लगाउने प्रमुख प्रतिपक्षी लगायत प्रतिपक्षी दलहरुको कार्यशैली दुःखद् भएको स्पष्ट पारे ।
उनले प्रतिपक्षी दलहरुलाई संसद अवरोध नगर्न आग्रह गरेका छन् ।