काठमाडौं । नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सचिवालय बैठक जारी छ ।
विधान अधिवेशनको अन्तिम तयारी पूरा गरेको एमालेले त्यसको पूर्वसन्ध्यामा बैठक राखेको हो ।
बैठकमा दोस्रो विधान महाधिवेशनमा पेस हुने प्रस्ताव र प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
महाधिवेशनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष के.पी. शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।
