समाज

उन्नाइस विपन्न परिवारलाई घर छाउन जस्तापाता सहयोग

उन्नाइस विपन्न परिवारलाई घर छाउन जस्तापाता सहयोग

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले आफ्नो क्षेत्रलाई  खरको छानोमुक्त नगरपालिका बनाउने अभियान अन्तर्गत १९ विपन्न परिवारलाई घर छाउन जस्तापाता प्रदान गरेको छ ।

सिद्धिचरण नगरपालिका भण्डार शाखा प्रमुख चुडामणि दाहालका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा खरको छानो भएका विपन्न नगरिकलाई टिनको छानो फेर्न १५ लाख वजेट विनियोजन गरेको थियो । त्यसमध्ये १२ लाख ८५ हजार ६६२ मा ८८ बन्डल जस्ता पाता खरिद गरेर १९ परिवारलार्ई वितरण गरिएको थियो । प्रतिघर तीन बन्डलको दरले ५७ बन्डल जस्तापाता बिहीबार वितरण गरिएको हो ।
 
आगलागी र मनसुनजन्य जोखिमबाट नगरवासीलाई मुक्त गराउन जस्तापाता वितरणको अभियान सञ्चालन गरिएको नगरका उपप्रमुख केदारबाबु बस्नेतले बताए । अभियानलाई  आगामी वर्ष पनि निरन्तरता दिइने उनले बताए । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *