समाज

एमालेभित्र कुनैपनि किसिमको विग्रह हुँदैन : उपाध्यक्ष पोखरेल

एमालेभित्र कुनैपनि किसिमको विग्रह हुँदैन : उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेभित्र कुनैपनि किसिमको विग्रह नहुने दाबी गरेका छन् । 

संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेभित्र अब के हुन्छ ? भनेर शंका गर्नेहरुप्रति लक्षित गर्दै एमालेलाई कुनै पनि किसिमको विग्रह हुन नदिने बताएका हुन् । 

उपाध्यक्ष पोखरेल एमाले कसैले किस्तीमा राखेर दिएको पार्टी नभएको बताउँदै धुलो टक्टक्याएर पुनः उठ्ने बताए । पोखरेलले एमाले शान्त तलाउमा डुंगा चलाएर आएको, भुलुक्क उम्लिएको पार्टी नभएको बताउँदै समीक्षा गरेर अघि बढ्ने बताए । 

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ‘जेन जी’ आन्दोलनको आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भएको बताइन । उपाध्यक्ष शाक्यले नयाँ युवा पुस्ताका मागहरू भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्ने नाजायज नभएको पनि बताइन् । 

यस्तै, महासचिव शंकर पोखरेलले नव युवाहरूको आन्दोलनका नाममा मिसाउन खोजिएको षड्यन्त्रले लोकतन्त्रलाई कमजोर पारेको बताए ।

कार्यक्रममा जेनजी आन्दोलनसँगै सैनिक सुरक्षामा रहेका पार्टी अध्यक्ष के.पी. शर्मा ओली सार्वजनिक हुने प्रचार एमालेले गरेको थियो । तर अध्यक्ष ओली भने कार्यक्रममा सहभागी भएनन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *