काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सरेको छ ।
आज दिउँसो १ बजेका लागि तय भएको सचिवालय बैठक तयारी नपुगेकाले २ घण्टा पछि आजै दिउँसो ३ बजे बस्ने गरी सरेको हो ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ ।
एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ ।