समाज

सहकारी ठगीमा संलग्नलाई लिखित प्रतिबद्धता गराएर जेलमुक्त गर्न एमाले सांसदको  प्रस्ताव

सहकारी ठगीमा संलग्नलाई लिखित प्रतिबद्धता गराएर जेलमुक्त गर्न एमाले सांसदको  प्रस्ताव

काठमाडौं । नेकपा एमालेका  सांसद भीमप्रसाद आचार्यले सहकारी ठगीमा संलग्नलाई ६ महिनाभित्र पीडितको रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता गराएर जेलमुक्त गर्न प्रस्ताव गरेका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद आचार्यले यस्तो प्रस्ताव राखेका हुन् । आचार्यले बजेट निर्माण गर्दा सहकारी पीडितका समस्या समाधानको नीतिगत व्यवस्था गर्नुपर्ने बताए । सरकारले अहिले चालिरहेको कदमले सहकारी समस्या समाधान नहुने उनको भनाइ छ  ।

सांसद आचार्यले ६ महिनाभित्र सबै पीडितको रकम फिर्ता गर्ने कबोल गरेको खण्डमा जेलमुक्त गर्ने र तोकिएको समयभित्र वचत फिर्ता नगरे कडा कारबाही गर्ने कानूनी व्यवस्था गर्नुपर्ने बताए ।सांसद आचार्यले सहकारी ठगीमा संलग्नहरुलाई थुनेर मात्र सहकारीका समस्या समाधान गर्न नसकिने उल्लेख गरे । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *