समाज

एमाले उपमहासचिव गुरुङ सम्मानित

एमाले उपमहासचिव गुरुङ सम्मानित

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सम्मानित भएका छन् । 

एमाले लमजुङको नवौँ जिल्ला अधिवेशन परिषद्को प्रथम बैठकको समापनका अवसरमा आज यहाँ उनी सहित अन्य नेतालाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जिल्ला अध्यक्ष राजकुमार विष्टलगायतले खादा र सम्मानपत्रद्वारा सम्मान गरेका हुन् । 

नेपाल सरकारका प्रवक्ता  एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङ  तत्कालीन सयममा (विसं २०४३) जनपक्षीय उम्मेदवार समेत बनेका थिए । सोही अवसरमा पार्टीले विसं २०४३, २०४९ र  विसं २०५४ मा उम्मेदावर बनेका दुई सय १४ जना पार्टीका नेतालाई सम्मान समेत गरेको थियो  ।

विसं २०३४ देखि राजनीतिमा सक्रिय नेता गुरुङ पार्टीभित्र खरो र प्रष्ट बक्ताका  रूपमा परिचित छन् । सञ्चार मन्त्री गुरुङसहित पूर्वजनप्रतिनिधिलाई पार्टीको नीतिअनुसार समाजवादान्मुख समृद्ध नेपालको आधार निर्माण गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको र पार्टी निर्माणमा विगतमा देखाएको क्रियाशीलता, योगदान र समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको जिल्ला अध्यक्ष विष्टले बताए । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *