समाज

एमाले र कांग्रेसको सरकार अरु तीन–चावटा दश महिना जान्छ : रमेश लेखक

एमाले र कांग्रेसको सरकार अरु तीन–चावटा दश महिना जान्छ : रमेश लेखक

ललितपुर । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार नै अघि बढ्ने दाबी गरेका छन् । 

बिहीवार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले आयोजना  गरेको एक कार्यक्रममा बोल्दै लेखकले  यस्तो दाबी गरेका हुन् । मन्त्री लेखकले आफू मन्त्री बनेको १० महिना भएको र १० महिनाको समय धेरै नरहेको उल्लेख गरे ।

मन्त्री लेखकले विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहँदा एउटा सरकारको कार्यकाल जस्तै लाग्ने गरे पनि अहिलेको सरकार परिवर्तन नहुने दाबी गरे । लेखकले अहिलेको सरकार १० महिनामै नफेरिने र यस्ता १० महिना तीन—चार वटा अरु पनि कट्ने उल्लेख गरे ।

गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायका सम्बन्धमा कानूनलाई पूर्णता दिएको बताए । गृहमन्त्री  लेखकले वर्तमान संक्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेर छोड्ने दाबी पनि गरे।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *