समाज

युक्रेनी  राष्ट्रपति जेलेन्स्की रुसी राष्ट्रपति पुटिनसँग भेट्न तयार

युक्रेनी  राष्ट्रपति जेलेन्स्की रुसी राष्ट्रपति पुटिनसँग भेट्न तयार

एजेन्सी । युक्रेनी राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने बारेमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न तयार रहेको बताएका छन् । 

रुसी राष्ट्रपति पुटिनले टर्किश शहरमा आउँदो बिहीवार रुस–युक्रेन वार्ता गर्न आह्वान गरेका थिए । तर उनले उक्त वार्तामा आफैँ सहभागी हुने भनेका थिएनन्।

जेलेन्स्कीको पछिल्लो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई दुई देशबीच टर्कीमा प्रत्यक्ष वार्ताबारे पुटिनको आह्वान स्वीकार्न भनेपछि आएको हो।

जेलेन्स्कीले वार्ताका लागि बिहीबार इस्तानबुलमा रूसी राष्ट्रपति पुटिनलाई व्यक्तिगत रूपमा भेट्न तयार रहेको उल्लेख गरेका छन् । जेलेन्स्कीले सामाजिक संजालमा भनेका छन्, “हत्यालाई लम्ब्याउनुको कुनै अर्थ छैन म बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु” ।

जेलेन्स्कीले पहिलादेखि नै उनको देश रूससँग वार्ता गर्न खुला रहेको  तर युद्धविराम भएपछि मात्रै भन्दै आएका छन् ।जेलेन्स्कीले वार्ता अगावै रुसले युद्धविरामबारे सहमति जनाउने आशा व्यक्त गरेका छन्।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *