मुख्य समाचार

युक्रेनलाई क्लस्टर बम दिने अमेरिकाको निर्णयमा सहयोगी राष्ट्र असन्तुष्ट

युक्रेनलाई क्लस्टर बम दिने अमेरिकाको निर्णयमा सहयोगी राष्ट्र असन्तुष्ट

युक्रेनलाई क्लस्टर बम उपलब्ध गराउने अमेरिकी निर्णयमाथि अधिकांश अमेरिकी सहयोगी राष्ट्रहरूले असन्तुष्टि जनाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा विवादास्पद अस्त्रहरू पठाउने निर्णय गरेपछि त्यसमा शक्ति राष्ट्रले असन्तुष्टि जनाएका हुन । बेलायत, क्यानडा, न्यूजील्यान्ड र स्पेनले आफूहरू सो अस्त्र प्रयोगको विरुद्ध रहेको प्रतिक्रिया दिएका हुन । मानव अधिकार समूहहरूले पनि निर्णयको आलोचना गरेका छन । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पनि निर्णयप्रति असन्तुष्टि जनाएको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पनि आफुहरु क्लस्टर बम प्रयोगको विपक्षमा रहेको जनाएको छ । न्यूजिल्यान्डका प्रधानम्न्त्री क्रिस हिप्किन्सले बमले अन्धाधुन्ध ढङ्गमा निर्दोष मानिसहरूलाई ठूलो क्षति पु¥याउने र सम्भवतः दीर्घकालीन प्रभाव पार्न सक्ने बताएका छन । स्पेनकी रक्षामन्त्री मार्गारिटा रोबल्सले युक्रेनमा केही हतियार र बम पठाउन नपाइने कुरामा आफ्नो देशको “दृढ प्रतिबद्धता” रहेको उल्लेख गरेकी छन । क्यानडाले आफू त्यस्ता बमले बालबालिकामा पार्न सक्ने सम्भावित असरबारे चिन्तित रहेको बताएको छ । जर्मनीले आफूले युक्रेनलाई त्यस्ता हतियार नदिने तर अमेरिकी अडानमा समर्थन रहेको जनाएको छ । युक्रेनका रक्षमन्त्रीले क्लस्टर अस्त्रहरू सहरी क्षेत्रमा नभई दुस्मनको प्रतिरक्षा सीमाहरूमा प्रयोग गरिने बताएका छन् ।  एमनेस्टी इन्टरनेशनलले क्लस्टर अस्त्रहरू द्वन्द्व समाप्त भएको लामो समयसम्म नागरिक जीवनका गम्भीर खतरा बन्न सक्ने चेतावनी दिएको छ । क्लस्टर बमले आम नागरिकलाई निम्त्याउने जोखिमका कारण यो एक सयभन्दा बढी देशहरूमा प्रतिबन्धित रहेको छ । क्लस्टर उपकरणले ससाना बमहरू ठूलो क्षेत्रमा विस्फोट गराउने गर्दछ । अमेरिकाको निर्णयले एक प्रतिशतभन्दा बढी असफलता दर भएका क्लस्टर अस्त्रहरूको उत्पादन, प्रयोग वा स्थानान्तरणलाई प्रतिबन्ध लगाएको विद्यमान अमेरिकी कानुनको उलग्घन समेत भएको छ । अमेरिका, युक्रेन र रुसले सो अभिसन्धिमा हस्ताक्षर गरेका छैनन् भने मस्को र किभ दुवैले युद्धका क्रममा क्लस्टर अस्त्रहरू प्रयोग गर्दै आएका छन ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *