मुख्य समाचार

उदयपुर, सप्तरी र सुनसरीका नदी तटीय क्षेत्र उच्च जोखिममा

उदयपुर, सप्तरी र सुनसरीका नदी तटीय क्षेत्र उच्च जोखिममा

काठमाडौ। अविरल वर्षाका कारण आज कोसी र मधेस प्रदेशका नदी तथा खोलामा बाढीको जोखिम छ ।  इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, उदयपुर, सप्तरी, सिरहा र धनुषाका नदी तथा खोलामा बाढीको  उच्च सम्भावना रहेको छ ।  कोशी, तमोर, अरुण र सुनकोशीमा बहाव खतरा तहभन्दा माथि रहेको छ । वाग्मती र कमलामा घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । संखुवासभा, भोजपुर, खोटाङ, महोत्तरी, सर्लाही, रौतहट र आसपासका जिल्ला भएर बग्ने केही स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहने पूर्वानुमान छ । भोलि देशभरका अधिकांश नदीहरूमा बहाव सामान्य रहने पूर्वानुमान रहेको विभागले बताएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश भएर बहने केही स–साना नदीहरूमा बहाव बढ्नसक्ने विभागको पूर्वानुमान छ । लगातारको ठूलो वर्षाका कारण पूर्वी र मध्य भेगका विभिन्न नदी खोलाहरुमा बाढी आएको छ । ३५ वटाभन्दा बढी वर्षामापन केन्द्रमा नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *