Siddarth bankविज्ञापन
समाज

माओवादी केन्द्रले आजबाट मध्यपहाडी राजमार्ग अभियान अघि बढाउँदै

माओवादी केन्द्रले आजबाट मध्यपहाडी राजमार्ग अभियान अघि बढाउँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आजबाट मध्यपहाडी राजमार्ग अभियान अघि बढाउँदैछ । 

मध्यपहाडी राजमार्ग अभियान अन्तर्गत आज लमजुङको सुन्दर बजारमा सभा हुन लागेको हो । सरकार अधिनायाकवादी बाटोमा अघि बढेको, किसानका मागमा सरकार उदासिन देखिएको भन्दै माओवादी अभियानमा जुटेको हो । 

बैतडीबाट जेठ १ मा शुुरु भई १२ मा पोखरा पुगेर स्थगित भएको अभियान सरकारविरुद्ध आन्दोलनको रुपमा पार्टीले अघि बढाउन लागेको हो । यसपटकको अभियान भदौ २५ गते नुवाकोटमा पुगेर टुंगिने माओवादी केन्द्रले जनाएको छ । 

मौसम हेरेर त्यसपछि फेरि मध्यपहाडी राजमार्ग अभियान शुुरु गरी पाँचथर पुगेर समापन गर्ने तयारी पार्टीको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *