मुख्य समाचार

अमेरिकामा गोली हानेर ३ जना प्रहरी अधिकारीको हत्या

अमेरिकामा गोली हानेर ३ जना प्रहरी अधिकारीको हत्या

एजेन्सी । अमेरिकाको पेन्सिलभेनियामा गोली हानेर तीन जना प्रहरी अधिकारीको हत्या भएको छ । 

गोली लागेर अन्य दुई प्रहरी गम्भीर घाइते भएका छन् ।  अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका बेला आक्रमण भएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसले प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी पनि मारिएको जानकारी दिएका छन् ।

गोलीकाण्डका कारण नजिकैका विद्यालय अस्थायी रूपमा बन्द गरिएका छन् भने विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ । 

घटनाबारे थप विवरण आउन बाँकी रहेको  छ । अमेरिकाको प्रहरीले घटनबारे अनुसन्धान भैरहेको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *