मुख्य समाचार

मकवानपुरको मनहरीमा दुई वटा ट्रक ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु, दुई जना गम्भीर घाइते

मकवानपुरको मनहरीमा दुई वटा ट्रक ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु, दुई जना गम्भीर घाइते

काठमाडौ । मकवानपुरको मनहरीमा दुई वटा ट्रक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

मनहरी गाउँपालिका–६ मा हेटौँडाबाट चितवन जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक आपसमा ठोक्किएपछि आगलागी भएको हो ।

मृत्यु हुनेमा ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक चितवन राप्ति नगरपालिका ८ का अन्दाजी २८ वर्षीय रिहान रुम्बा, सोही ट्रकका सहचालक गोरखाको गण्डकी गाउँपालिका २ गोर्दीटारका अन्दाजी २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुरको मनहरी गाउँपालिका ३ का अन्दाजी २० वर्षीय अमृत प्रजा रहेका छन्।

आज  बिहान पौने २ बजेतिर मनहरी–६ स्थित नयाँ बस्ती डिपाट गाउँमा दुई वटा ट्रक ठोक्किएको प्रहरीले जनाएको छ । आगलागीबाट दुवै ट्रक जलेर नष्ट भएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *