कास्की । पोखरामा विद्युतीय माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस बुधबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
माइक्रोबस पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको छ भने दुई जना पुरुषको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा घाइते आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।