Siddarth bankविज्ञापन
मुख्य समाचार

सल्यानमा गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु

सल्यानमा गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु

गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा.१ख ८३४ नम्बरको बसमा राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युतको तारले बसलाई छुँदा दुई जना यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा रोल्पा गंगादेब गाउपालिका–४ का बालाराम डाँगी र टोपलाल डाँगी रहेका छन् । उनीहरु बाबुछोरा रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते सल्यान छायाक्षेत्र गाउपालिका–६ का महेन्द्र वलिलाई उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *