समाज

मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु

मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ कमेरो पानीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 

हेटौँडा उपमहानगरपालिका–१६ सानो आकाशधारा घर भई हाल बारा जिल्ला निजगढ नगरपालिका–१३ बस्ने ३७ वर्षीय बुद्ध बहादुर प्रजाको शुक्रबार राति चट्याङ लागेर मृत्यु भएको हो ।  

हेटौँडा–१५ कमेरो पानीस्थित धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसल अगाडि पसल आउने क्रममा अचानक परेको चट्याङ लागि प्रजाको घटनास्थलमा नै मृत्यु भएको हो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *