काठमाडौं । अछाममा छाउपडी (महिनावारी) बारेर त्रिपालमा बसेकी एक युवती र एक बालिकाको ढुङ्गाले लागेर मृत्यु भएको छ ।
अछामको पन्चदेवल विनायक नगरपालिका ८ बारलामा ढुङ्गा खस्दा २८ वर्षीय निम खनाल र मङ्गलसेन नगरपालिका ६ कि ७ वर्षीय बालिका कविता भण्डारीको ज्यान गएको हो ।
यस्तै, मङ्गलसेन नगरपालिका ६ कि रत्नकला भण्डारी घाइते भएकी छन् । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । महिनावारी भएको भन्दै घरको आँगनमा त्रिपाल मुनि सुतेका तीन जनालाई माथिबाट खसेको ढुङ्गा लागेको हो ।
अछाममा छाउगोठ भत्काउँदा महिनावारी भएकी महिलाहरू त्रिपाल मुनि र ओडारमा बस्न थालेका छन् । महिनावारी भएका महिलाहरु घरमा नबस्ने, खानेकुरा र गाईबस्तु नछुने कुरालाई छाउपडी बार्नु भन्ने गरिएको छ ।