Siddarth bankविज्ञापन
समाज

साढे ६ किलो सुनका गहनासहित पोखरामा ११ जना भारतीय नागरिक पक्राउ

साढे ६ किलो सुनका गहनासहित पोखरामा ११ जना भारतीय नागरिक पक्राउ

काठमाडौं । साढे ६ किलो अवैध सुनका गहनासहित पोखराबाट ११ जना भारतीय नागरिक पक्राउ परेका छन् । 

कास्की प्रहरीले गोप्य सूचनाका आधारमा विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । उनीहरूको साथबाट ६ किलो ४ सय ग्राम अवैध सुन र ४ सय ४४ तोला चाँदी बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा भारत महाराष्ट्रका राजेन्द्र रामचन्द्र जगताप, कोलकत्ताका मनिक लाल आदक, पश्चिम बंगालका सन्दिप ढाव, सोमनाथ पाल, दीपक सामन्त, गोविन्द दिण्डा, असित वर, तापस सामन्त, उज्ज्वल भौतिक, सुनिता पवार, प्रोभास माझी छन् । 

पक्राउ परेका अधिकांश सुनचाँदी व्यवसायमा संलग्न कालिगडहरू हुन् । बरामद गरिएको सुनको बजार मूल्य अनुसार करिब १० करोड ९८ लाख रुपैयाँ र चाँदीको मूल्य करिब १० लाख २८ हजार रुपैयाँभन्दा बढी छ ।  

सबैलाई बरामद गरिएका सामानसहित राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने प्रहरीले जानकारी दिएको छ ।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *