समाज

धनुषामा गोली प्रहार गरी दुईजना लागूऔषध कारोबारी पक्राउ

धनुषामा गोली प्रहार गरी दुईजना लागूऔषध कारोबारी पक्राउ

जनकपुर । धनुषामा प्रहरीले गोली हानेर लागूऔषधका दुईजना कारोबारीलाई पक्राउ गरेको छ ।

बुधबार प्रहरीले गोली चलाउँदा एकजना पुरुषको खुट्टामा गोली लागेको धनुषाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । 

उनले प्रहरीले एक महिलालाई समेत लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको बताए । बुधबार करिब साढे ४ बजे मिथिला नगरपालिका २, नक्टाझिझ स्थित ढल्केवर बस्ने ४८ वर्षीय पप्पु साह घाइते भएका छन् । उनको दाहिने खुट्टामा गोली लागेको छ भने रमदैया स्थित अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै,  हंसपुर नगरपालिका ५, बस्ने ३० वर्षीया सेलोदेवी रामलाई पक्राउ गरिएको हो । यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *