मुख्य समाचार

स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सुरु

स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सुरु

काठमाडौ। स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । नेपाल पिएचडी एशोसियसनको आयोजना र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा आजदेखि सुरु भएको सम्मेलनमा वक्ताहरुले व्यवस्थित शहरीकरणलाई अगाडि बढाउनका लागि चाहिने आवश्यक नीतिनियम र विभिन्न देशमा भएका अभ्यासका बारेमा छलफल भएको छ । कार्यक्रममा सहभागीहरुले स्मार्ट शहर निर्माण गर्दा आवश्यक पूर्वाधार, यातायात, वातावरण, प्रदूषणलाई विशेष ध्यान दिनुपर्ने बताए । स्मार्टसिटीमा हावा, पानी, सौर्य उर्जालगायतलाई समेट्नुुपर्ने उनीहरुको भनाइ छ । 
कार्यक्रममा सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले सरकारले सहरी नीतिनिर्माण गरी कार्यान्वयनतर्फ लगेको बताए । काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकालले यसअघि विनाअध्ययन सहर निर्माण गरिएको बताउँदै आगामी दिनमा बन्ने स्मार्ट सहर निर्माणलाई यस्ता सम्मेलनबाट आएका सुझाव र प्रतिक्रियाले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
कार्यक्रममा सहभागीहरुे दिगो सहरी विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए । उनीहरुले ‘पानी रिचार्ज सिस्टम’ स्मार्ट सहरको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *