मुख्य समाचार

ट्विटरले निलो चरो लोगो हटाएर राख्यो एक्स

ट्विटरले निलो चरो लोगो हटाएर राख्यो एक्स

 ट्विटरले आफ्नो लोगो फेरेको छ। सोमबार दिउँसो ट्विटरले आफ्नो लोगोमा रहेको निलो चरोलाई हटाएर अंग्रेजी अक्षर एक्स राखेको छ।ट्विटरका मालिक एलन मस्कले यसअघि नै ट्विटरको लोगोबाट निलो चरो हटाउने बताएका थिए। ट्विटरको कार्यालयमा पनि एक्सको संकेत राखिएको तस्बिर मस्कले ट्विट गरेका छन्। 

आफूले किनेदेखि नै मस्कले ट्विटरको रिब्रान्डिङ गर्ने भन्दै विभिन्न परिवर्तन गरिरहेका छन्।केही समयअघि उनले भेरिफाइड हुन पैसा तिर्नुपर्ने नियम ल्याएका थिए। मस्कले किनेदेखि ट्विटरको विज्ञापनबाट हुने आम्दानी भने घटेको घट्यै छ। केही दिनअघि मस्कले ट्विटरको आम्दानी ५० प्रतिशतले घटेको स्वीकारेका थिए।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *