समाज

काठमाडौंमा बस दुर्घटना हुँदा २४ जना घाइते

काठमाडौंमा बस दुर्घटना हुँदा २४ जना घाइते

काठमाडौं । काठमाडौंको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना हुँदा २४ जना बढी घाइते भएका छन् ।

पैयाँटारबाट रत्नपार्कतर्फ जाँदै गरेको बा ५ ख ५० नम्बरको बस आज माछापोखरी बाइपासको उकालो चोकमा मोटरसाइकललाई जोगाउन खोज्दा बस पल्टिएको प्रतक्ष्यदर्शीले बताएका हुन् । 

घाइतेहरूको उद्धार गरी तत्कालै नजिकका अस्पतालहरूमा पठाइएको छ । घाइतेमध्ये दुई जनालाई अलि बढी चोट लागेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

बीच सडकमा बस पल्टिँदा केही समय यातायात समेत अबरुद्ध भएको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *