मुख्य समाचार

युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन नेटोका सहयोगीसँग ट्रम्पको आग्रह

युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन नेटोका सहयोगीसँग ट्रम्पको आग्रह

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सहयोगीलाई युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन मस्कोमाथि कडा प्रतिबन्ध लगाउन र रुसी तेल किन्न बन्द गर्न आग्रह गरेका छन् । 

नेटोका सदस्य राष्ट्रहरूलाई लेखेको पत्रमा ट्रम्पले रुसमाथि कडा प्रतिबन्ध लगाउन तयार रहेको र  प्रतिबन्धसँगै सबैले रूसबाट तेल खरिद गर्न पूर्णरूपमा बन्द गर्न आवश्यक हुने उल्लेख गरेका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले नेटोको प्रतिबद्धताको कमीको आलोचना गर्दै नेटोको जीत हासिल गर्ने प्रतिबद्धता एक सय प्रतिशतभन्दा निकै कम रहेको बताएका हुन् । नेटोले चीनमाथि ५० देखि एक सय प्रतिशतसम्म कर लगाउनुपर्ने प्रस्ताव ट्रम्पले गरेका छन् । 

ट्रम्पको यो प्रस्ताव रुसी तेल आयातको निरन्तरताका कारण भारतीय सामानमा थप २५ प्रतिशत कर लगाएपछि आएको हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *