एजेन्सी । अमेरिकी राष्ट्र डोनाल्ड ट्रम्पले नाइजेरियामा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् । सामाजिक संजाल ट्रुथ सोशलमा एक पोस्ट गर्दै उनले इसाई माथि इस्लामिकहरु बाट भइरहेको अत्याचार मेटाउन जुनसुकै हदसम्म पुग्नृ उनले बताएका हुन । नाइजेरियाले हत्या नरोके कारबाही आरम्भ गर्ने ट्रम्पको भनाइ छ । अमेरिकाले सैन्य बल पठाउनुपर्ने परिस्थिती बनेमा त्यो ईसाई धर्मावलम्बी माथि अत्याचार गर्ने इस्लामिकहरुको अस्तित्व पूर्ण रुपमा मेटाउने गरी कारबाही हुने उनको भनाइ छ । नाइजेरिया सरकारलाई छिटो ठोस कदम नचाले सबै सहायता र सहयोग तुरुन्तै बन्द गर्ने पनि राष्ट्रपति ट्रम्पको भनाइ छ । नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबुले धार्मिक असहिष्णुताको दाबीलाई अस्वीकार गर्दै आफ्नो देशमा धार्मिक स्वतन्त्रताको रक्षा गरिरहेको दाबी गरेका छन ।