Siddarth bankविज्ञापन
मुख्य समाचार

ट्रम्पले रुस–युक्रेन युद्धविरामका लागि गरेको प्रस्ताव पुटिनद्वारा अस्वीकार

ट्रम्पले रुस–युक्रेन युद्धविरामका लागि गरेको प्रस्ताव पुटिनद्वारा अस्वीकार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि गरेको प्रस्ताव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरेका छन् । 

ट्रम्पले रुस–युक्रेन युद्धमा सम्भावित युद्धविरामको विषयमा पुटिनसँग फोनमा कुराकानी गरे पनि युद्धविरामबारे कुनै प्रगति हुन नसकेको बताएका हुन् । वार्तापछि ट्रम्पले पुटिनसँगको कुरा निराशाजनक रहेको उल्लेख गरेका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पुटिनका सहयोगी युरी उसाकोभले ट्रम्पले तत्काल युद्धविरामका लागि गरेको प्रस्तावमा पुटिनले सहमति नजनाएको जानकारी दिएका छन् । पुटिनले युक्रेनले नाटोमा आबद्ध हुने जिद्दी छाड्नुपर्ने र रुसले कब्जा गरेको भुभागलाई मान्यता दिनुपर्ने सर्त राखेका छन् । 

पूर्ववर्ति अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले युक्रेनलाई दिने भनेर प्रतिबद्धता जनाएका हतियारको आपूर्ति ट्रम्पले रोकेलगत्तै पुटिन र ट्रम्पबीच टेलिफोन वार्ता भएको हो । वार्तामा युक्रेन, इरान तथा अमेरिका रुस सम्बन्धका विषयमा दुई नेताले चर्चा गरेको समाचारमा उल्लेख गरिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *