समाज

ट्रक पल्टिँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

ट्रक पल्टिँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान चितवनको  इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पल्टिँदा नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।   

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सार्ने काम भइरहेको छ  । दुर्घटनामा मानवीय क्षति नभएको खनालले बताएका छन् । 

दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन बाटोमा नै रोकिएका छन् ।
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *