समाज

रवि लामिछाने ललितपुरस्थीत नख्खु कारागारमा स्थानान्तरण

रवि लामिछाने ललितपुरस्थीत नख्खु कारागारमा स्थानान्तरण

काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरस्थीत नख्खु कारागार स्थानान्तरण गरिएको छ । 

लामिछानेलाई शनिबार रुपन्देही कारागारबाट नख्खु कारागार ल्याइएको हो । लामिछानेलाई काठमाडौं ल्याउदा त्रिभुवन बिमानस्थल र नख्खु कारागार बाहिर ठूलो संख्यामा समर्थकहरु जम्मा भएका थिए । 

नख्खु कारागार पुर्‍याउँदा लामिछाने समर्थकहरुले उनको पक्षमा नारावाजी गरेका थिए । लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ देखि पुर्पक्षका लागि रुपन्देही कारगारमा थुनामा रहेका थिए । 

लामिछानेले नख्खु कारागारमा स्थानान्तरणका लागि जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दिएकोमा अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।

अदालतले अनुमति दिएको लामो समयपछि कारागार व्यवस्थापन विभागले शुक्रबार स्थानान्तरणको निर्णय गरेपछि लामिछानेलाई शनिबार नख्खु कारागार ल्याइएको हो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *