समाज

पहिरोले भवन बगाएपछि म्याग्दीको विद्यालय स्थानान्तरण

पहिरोले भवन बगाएपछि म्याग्दीको विद्यालय स्थानान्तरण

म्याग्दी । पहिरोले कक्षाकोठा भवन, शौचालय, खेलमैदान लगायत सबै संरचना बगाएपछि म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालय स्थानान्तरण भएको छ ।

ओखरबोटको फेदीमा रहेको पाखोबाट शुरु भएको पहिरोले पुरानो भवन लगायत भौतिक संरचना तहसनहस बनाएपछि किमबोटमा अस्थायी भवन बनाएर पठनपाठन सञ्चालन गरिएको हो । 

आर्थिक वर्ष २०८१÷०८२ मा मालिका गाउँपालिकाको २० लाख अनुदानमा १३ कोठे कच्चि भवन बनाएर स्थानान्तरण गरिएको विद्यालयको थप पूर्वाधारका लागि यस वर्ष  दश लाख बिनियोजन भएको छ । 
 
विक्रम सम्बत २००८ मा स्थापना भएको कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाले दुई सय जना विद्यार्थी छन् । चार÷चार कोठे दुई वटा पक्की भवन जमिन चर्कीएपछि ढल्ने अवस्थामा छन् ।

ढुङ्गा, माटो र काठले बनेको १७ कोठे कच्चि भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको छ । पहिरोले विद्यालयमा तीन करोड भन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *