मुख्य समाचार

सुन पसलमा प्रहरीले छापा मारेको विरोधमा जनकपुरमा व्यवसायी सडकमा

सुन पसलमा प्रहरीले छापा मारेको विरोधमा जनकपुरमा व्यवसायी सडकमा

काठमाडौ । प्रहरीले छापा मारेकोे विरोधमा आज व्यवसायीहरुले जनकपुरधाम बजार बन्द गराएका छन । जनकपुरधाम उद्योग वाणिज्य संघको आह्वानमा जनकपुरधामका सम्पूर्ण व्यवसायीले आ–आफ्नो पसल बन्द गरेर विरोध जनाएका हुन । उद्योग वाणिज्य संघबाट निस्केको विरोध र्यालीले नगरका विभिन्न चोक परिक्रमा गरेको थियो । अबैध रुपमा प्रहरीले छापा मारेको भन्दै धनुषाका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम र घुमुवा प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवलगायतलाई कारबाही गर्नुपर्ने भन्दै व्यवसायीले पसल बन्द गरेका हुन । 
 
यसअघि प्रमुख जिल्ला अधिकारी र मधेस प्रदेशका डिआइजीलाई ज्ञापन पत्र बुझाएकोमा कारबाही नभएपछि व्यवासायी बजार बन्द गरेर प्रदर्शनमा उत्र्रेका हुन । यसअघि व्यवसायीहरुले शनिबार, आइतबार र सोमबार आ–आफ्नो पसलमा कालो झण्डा र कालो पट्टी बाँधेर व्यवसाय सञ्चालन गरेका थिए । गत असोज ३१ गते जनकपुरधाममा प्रहरी सुनचाँदी पसलमा छापा मार्न जाँदा व्यापारी र प्रहरीबीच झडप भएको थियो । अवैध रुपमा भित्रिएको सुनचाँदी बिक्री भईरहेको सूचनाको आधार प्रहरीको टोली छापा मारेपछि झडप भएको हो ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *