मुख्य समाचार

दक्षिण अफ्रिकाको सुन खानीमा विषाक्त ग्यास चुहावट, १६ जनाको मृत्यु

दक्षिण अफ्रिकाको सुन खानीमा विषाक्त ग्यास चुहावट, १६ जनाको मृत्यु

दक्षिण अफ्रिकाको ग्यास खानीमा प्रयोग हुने विषाक्त ग्यास चुहावटबाट सो¥ह जनाको मृत्यु भएको छ । जोहानेसवर्ग शहरको पुर्वी क्षेत्र बोक्सबर्गमा एउटा अवैध सुन खानीमा प्रयोग गरिएको नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण मजदुरहरुको मृत्यु भएको हो । एन्जेलो शान्ती शहरमा एउटा ग्यास सिलिन्डर लिक भएको अवस्थामा फेला परेको हो । प्रायः अवैध सुन खानीहरूमा सुन निकाल्न प्रयोग हुने नाइट्रेट अक्साइड ग्यासका कारण उनीहरुको मृत्यु भएको बताइएको छ ।  एन्जेलो शान्ती शहरमा एउटा ग्यास सिलिन्डर लिक भएको अवस्थामा फेला परेको हो । मृतकहरू घटनास्थलको सय मिटरको दायरामा भित्र फेला परेको बताइएको छ । रातको समयमा खोजी र उद्धार टोलीले आफ्नो काम जारी राखेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *