समाज

टप एन्ड टी-२० सिरिज :  आज नेपाल र बंगलादेश ‘ए’ भिड्दै

टप एन्ड टी-२० सिरिज :  आज नेपाल र बंगलादेश ‘ए’ भिड्दै

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ ।

डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे शुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ए को कप्तानमा नुरुल हसन छन् ।

दुवै टोली आआफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ए लाई पाकिस्तान शाहीन्सले ७९ रनले हराएको थियो । 

सिरिजमा नेपाल, पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’ र अमेरिकाबाट शिकागो किङ्समेनसँगै अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोलीहरू होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, साथै एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक टोलीले सहभागिता जनाएका छन् ।

लिग चरणमा शीर्ष ४ हुने टिमबाट सेमिफाइनल खेलिनेछ भने त्यसपछि फाइनल खेल हुनेछ । नेपाल फाइनलसम्म पुगे कुल ८ खेल खेल्नेछ । नेपालले  तेस्रो खेल १८ अगस्टमा मेलबर्न स्टार्स, चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्स, पाँचौं खेल २० अगस्टमा मेलबर्न रेनेगेड्स र अन्तिम लिग खेल २२ अगस्टमा पाकिस्तान शाहीन्स विरुद्ध खेल्नेछ ।

टप एण्ड टी–२० शृङ्खला सकिएपछि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीवार जारी गरेको विज्ञप्तिमा तयारी शृंखला अन्तर्गत नेपालले भदौ १० देखि चौध गतेसम्म एसीटी र साउथ अष्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *