Siddarth bankविज्ञापन
समाज

टप टी-२० श्रृखला : आज मेलबर्नसँग भिड्दै नेपाल

टप टी-२० श्रृखला : आज मेलबर्नसँग भिड्दै नेपाल

एजेन्सी । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी ट्वान्टी क्रिकेट श्रृखलामा नेपालले आज आफ्नो पाँचौ खेल खेल्दैछ । 

नेपाली समय अनुसार आज बिहान सवा ११ बजे नेपालले अस्ट्रेलियाको मेलबर्न रेनेगेड्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । 

नेपालले हालसम्म सिरिजमा खेलेका चार खेलमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो । 

चौथो खेलमा भने मंगलबार नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको थियो ।  ११ टिममध्ये अंक तालिकाको नवौं स्थानमा रहेको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।

तीन खेल मात्र खेलेको मेलबर्नले एक हार र दुई जित निकाल्दै चार अंक बनाएको छ । अंक तालिकामा मेलबर्न पाँचौ स्थानमा छ । 

नेपालले यो सिरिजको अन्तिम खेलमा शुक्रबार पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्नेछ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *