मुख्य समाचार

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । 

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजे शुुरु हुनेछ । 

समूह चरणको पहिलो खेलमा भारतले युएईलाई ९ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ भने पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गरेर विजयी शुुरुवात गरेको छ ।

भारत र पाकिस्तानबीच अहिलेसम्म १३ टी–२० खेल भएका छन् । जसमा अहिलेसम्म १० खेल भारतले जितेको छ भने पाकिस्तानले ३ खेल जितेको छ ।  

भारत र पाकिस्तान अन्तिम पटक २०२४ को टी–२० विश्वकपमा आमनेसामने भएका थिए । भारतको नेतृत्व सूर्यकुमार यादवले गरिरहेका छन् भने पाकिस्तानको नेतृत्व सलमान अली आगाले गरिरहेका छन् 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *