समाज

विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिँदै

विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिँदै

विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा विराटनगरमा आज दिउँसो निकालिदैछ ।

रथयात्रा दिउँसो ३ बजेबाट शुरु हुनेछ । रथले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्नेछ । रथयात्राको तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् । 

५८ औं संस्करणको रथयात्रा विराटनगर–१ को राधाकृष्ण मन्दिरबाट शुुरु भइ तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर समापन हुनेछ । नगर परिक्रमा गर्दा ४३ स्थानमा विश्राम लिने तयारी छ । 

यो वर्ष विगतको रथलाई केही परिमार्जन गरेर यसपटक फरक शैलीमा निर्माण गरिएको छ । यसपटक सबै जनाले देख्ने गरी रथ बनाइएको छ । रथयात्रामा नेपाल भारतका हजारौं भक्तजन सहभागी हुन्छन् । 

रथयत्राका लागि प्रदेश सरकारले कोशी प्रदेशको झापा मोरङ र सुनसरीमा बिदा दिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *