समाज

तराई मधेशका क्षेत्रमा आज दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन पर्व मनाइँदै

तराई मधेशका क्षेत्रमा आज दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन पर्व मनाइँदै

काठमाडौं । मिथिलाञ्चलसहित तराई मधेशका क्षेत्रमा आज दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन पर्व मनाइँदै छ । 

तराई मधेशमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँधेर रक्षा बन्धन पर्व धुमधामका साथ मनाइरहेका छन् । 

अहिले सिरहा लगायतका तराईका जिल्लामा जताततै भाइबहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको सांगितिक धुन गुञ्जायमान भएको छ । मधेशी समुदायमा रहेको राखी बाँध्ने प्रचलन पछिल्ला वर्षमा पहाडी समुदायमा पनि आएको देखिन्छ । 

आजको दिन दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्ने गर्दछन् भने दाजुभाइले पनि दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिएर दिदीबहिनीको रक्षा गर्ने वाचा गर्ने गर्दछन् । 

रक्षाबन्धन पर्वले भाइबहिनीको प्रेमलाई झन प्रगाढ बनाउने जनविश्वास छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *