मुख्य समाचार

आज भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती

आज भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । साहित्य क्षेत्रका क्रियाशील संघसंस्थाले भानुजयन्तीका अबसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् । भानुभक्तले राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनमा ठूलो गुन लगाएका छन् । भानुभक्तलाई एक सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ, भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । ‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । भानुभक्तको जन्म विसं १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा भएको थियो । भानुभक्तको निधन १९२५ असोजमा भएको थियो । भानुजयन्तीको अवसरमा गण्डकी प्रदेशले आज सार्वजनिक विदा दिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *