समाज

आज राष्ट्रियसभाको बैठक बस्दै

आज राष्ट्रियसभाको बैठक बस्दै

काठामाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज बिहान सवा ११ बजेका लागि बोलाइएको छ । 

आजको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले ‘महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्नेछन् । 

बैठकमा सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *