काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानिय वायुको आँशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेश एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थानहरूमा बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशकोको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।