समाज

आजको मौसम : चट्याङ्गसहित हावाहुरी र वर्षाको सम्भावना

आजको मौसम : चट्याङ्गसहित हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश ,गण्डकी प्रदेश ,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का बर्षा भइरहेको छ।

आज लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका ‍एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशको तराईका  थोरै स्थानहरूमा हावाहुरीको समेत  सम्भावना रहेकोले  दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *