समाज

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मध्यम वर्षा भईरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको तराई र पहाडी भू-भाग तथा बाँकी प्रदेशको पहाडी भू-भागको केहि स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राती कोशी प्रदेश, मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भाग र बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेशको तराई र पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *