काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराई भू-भागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राती देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।