समाज

आज १ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज १ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १ हजार रुपैयाँले घटेर २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेकोे छ । मंगलबार प्रतितोला २५९५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर २५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *