समाज

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । 

बैठक आज (बुधबार) दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

साथै, उनले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *