Siddarth bankविज्ञापन
समाज

आज २ वटा संसदीय समितिको बैठक बस्दै

आज २ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न दुई वटा समितिको बैठक आज बस्दैछन् ।

आज विधायन व्यवस्थापन समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको हो । 

विधायन व्यवस्थापन समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा हाइड्रोपावरहरूको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *