समाज

आज २ वटा संसदीय समितिको बैठक बस्दै

आज २ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत दुई वटा संसदीय समितिका बैठक आज (आइतबार) बस्दै छ । 

आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

पूर्वाधार विकास समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग र रसुवागढीलगायत अन्य सडकको अवस्था  र चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे नै सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *